जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई डिम्याट खाता खोल्ने सुविधा

प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई डिम्याट खाता खोल्ने सुविधा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सीडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि)सँग निक्षेप सदस्यता सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात प्रोग्रेशिभ फाइनान्स लि.का ग्राहकहरुलाइ डिम्याट खाता खोल्ने सुविधा उपलब्ध हुनेछ । सोमबार भएको सम्झौतामा प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँई तथा सीडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हस्ताक्षर गर्नुभयो ।

उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्स लि.का प्रमुख सञ्चालन अधिकृत प्रमोद भट्टराई तथा सीडिएससिका सञ्चालन विभाग प्रमुख कन्चन सापकोटाको पनि उपस्थिति रहेको थियो ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल १७ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।

2780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?