जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेशनल लाइफको ‘बीमा सचेतना साइकल र्‍याली’

नेशनल लाइफको ‘बीमा सचेतना साइकल र्‍याली’

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारीलगायत कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता थियो।

पोखराको बाराहीघाटबाट सुरु भएको र्‍यालीले हल्लनचोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्र बैंक चोकहुँदै करिब १० किलोमिटरको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो।

साइकल र्‍यालीबाट बीमा सचेतना प्रवर्द्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ।

3675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका