जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • वाणिज्य बैंकहरुको फी–कमिसन आम्दानी १३.५२ प्रतिशतले वृद्धि

वाणिज्य बैंकहरुको फी–कमिसन आम्दानी १३.५२ प्रतिशतले वृद्धि

वाणिज्य बैंकको फी–कमिसन आम्दानी १३.५२ प्रतिशतले वृद्धि भएको पाइएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत वर्ष २६ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ फी–कमिसनबाट मात्रै आम्दानी गरेका छन्। अघिल्लो वर्ष त्यही अवधिमा वाणिज्य बैंककहरूले २३ अर्ब ३३ करोड रुपैयाँ फी–आम्दानी गरेका थिए। औसतमा वाणिज्य बैंकहरुको फी– कमिसन आम्दानी बढे पनि ५ बैंकको घटेको छ ।

गत वर्ष प्राइम कमर्सियल, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक र कृषि विकास बैंकको फी–आम्दानी घटेको छ।

त्यसैगरी सिद्धार्थ, लक्ष्मी सनराइज, एनएमबि, नेपाल बैंक, कुमारी, हिमालयन, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, एनआईसी एसिया, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्यको फी–कमिसन भने बढेको छ।

फी–कमिसनबाट सबैभन्दा धेरै कमाउनेमा नबिल, एनआईसी एसिया र ग्लोबल आईएमी बैंक रहेछन्। नबिलले नबिल नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ।

उता एनआईसी एसिया बैंकले नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ३२ करोड रुपैयाँ कमाएको छ। तेस्रोमा रहेको ग्लोबल आईएमई बैंक नेट फी एण्ड कमिसनमार्फत २ अर्ब ६ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ।

3085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?