जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको नाफा ६७ करोड ४४ लाख

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ६७ करोड ४४ लाख

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा गएको कम्पनीले यो वर्ष आकर्षक नाफा कमाएको हो ।

यसअवधि कम्पनीले ४.६९ ले बीमा शुल्क वृद्धि गरेर ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ सङ्कलन गरेको छ । यस्तै, समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा पुनरबिमा कमिसन र लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग गरेको हो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने जगेडा कोष १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै

छुटाउनु भयो कि?