जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले डेढ लाख उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्‍यो

राष्ट्रिय वाणिज्य बैंकले डेढ लाख उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्‍यो

राष्ट्रिय वाणिज्य बैंकले १ लाख ४८ हजार उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ। ‘उद्यमशील युवा, सिर्जनशील युवा’ कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले १ लाख ४८ हजार उद्यमीका लागि २ खर्ब ३ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको बताएका हुन्।

उनले राष्ट्रिय वाणिज्य बैंकले १० प्रकारका उद्यशील कर्जा प्रवाह गरिरहेको जानकारी दिए। बैंकले उत्पादन बढाउने र रोजगारी बढाउने उद्देश्यले उद्यशील कर्जा प्रवाह गरिरहेको सीईओ श्रेष्ठको भनाइ छ। यस्तो कर्जा केही दोस्रो क्षेत्रमा सिफ्ट भएको र केही उद्यमीसमेत विदेश पलायन भएको उनले बताए। ‘केही यस्तो कर्जाको दुरुपयोग समेत देखिएको छ’, उनले भने, ‘कर्जा दुरुपयोग हुन नदिन सरकारले सहुलियतको मोडालिटी ल्याउन आवश्यक छ।’

2925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?