जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा बैंकका ग्राहकलाई दराजमा छुट, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत छुट

सानिमा बैंकका ग्राहकलाई दराजमा छुट, कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत छुट

सानिमा बैंकको दराजसंग ‘दराज मन्थली पेडे योजना’ का लागि सहकार्य गरेको छ । सानिमा बैंकले ग्राहकका लागि दराजसंग ‘दराज मन्थली पेडे योजना’ अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।

बैंकका अनुसार ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ ।

अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रकृयाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?