समाचार
‘चुनाव जित्ने र पपुलर हुने बाहनामा हाम्रै साथीहरुले बैंकको विरोध गरेर गल्ती गरे’- चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले चुनाव जित्ने र पपुलर हुने बाहनामा आफ्नै साथीहरुले बैंकको विरोध गरेर गल्ती गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै ढकालले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनमा सहभागी भएर निजी क्षेत्रकै साथीहरुले बैंकको विरोध गर्नु गलत भएको ढकालको भनाई रहेको छ ।
त्यस्तै, ढकालले आम जनसमुदायमा माग अनुसारको पँुजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएको टिप्पणी गरेका छन् । माग अनुसारको पँुजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएकाले प्रवाहलाई बढाउनुको विकल्प नभएको उनको भनाई छ ।
‘वास्तवमा अहिले आम पब्लिकमा यो डिमान्ड सप्लाईको चाहिँ धेरै नै कमि भएको छ र व्यवसायीक रुपमा धेरै कन्फिडेन्स् लुज भएको छ ।’, उनले भने, ‘सप्लाई धेरै नै कमि भएको हिसाबमा व्यवसायीमा आत्मविश्वास जाग्न सकेको छैन् । यसलाई बढाउनतर्फ ध्यान दिनुपर्छ ।’
त्यस्तै, ढकालले व्यवसायीमा आत्मविश्वास बढाउन नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउने विषयलाई ध्यान नदिने हो भने पछुताउनुको विकल्प नहुने तर्क गरेका छन् । ‘यो आत्मविश्वास बढाउनलाई नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउने हिसाबले अघि बढ्नुपर्छ ।’, उनले भने, ‘यही यसो भएन भने हामीले पछुतो मात्र मान्ने बाहेकको विकल्प रहँदैन ।’