जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता सेयर बिक्रीमा

गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता सेयर बिक्रीमा

गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यसअघि संस्थापक सेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखिएको थियो। तर, तोकिएको ३५ दिनभित्र केही सेयरमा मात्र बिक्री भएकोले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। संस्थापक सेयरधनीले बिक्री गर्न चाहेको सेयर संख्या र दरका विषयमा बैंकको केन्द्रीय कार्यालयमै सम्पर्क गर्न सकिनेछ।

3535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका