जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ‘आइएमई पे’मार्फत पानी र इन्टरनेटको भुक्तानीमा भारी छुट

‘आइएमई पे’मार्फत पानी र इन्टरनेटको भुक्तानीमा भारी छुट

नेपालको पहिलो डिजिटल वालेट’आइएमई पे’ले हालै सार्वजनिक गरेको ‘विकेट टू वीन(wicket to win)’ नामक अभियानअन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ ।

भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी ‘आइएमई पे’मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

सो छुट प्राप्त गर्नका लागि, सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा Water प्रोमो कोड राख्नुपर्ने छ भने इन्टरनेटको बिल भुक्तानी क्रममा Internet प्रोमो कोड राख्नुपर्नेछ।

अफरअन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अवधिभरि जति पटक पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तरालभर एकजना ग्राहकले एकपटक मात्र प्रयोग गर्न पाउनेछन् ।

‘आइएमई पे’ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

3550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका