जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच छुट सम्झौता

कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच छुट सम्झौता

कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेट बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई ध्यानमा राख्दै डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको बताएको छ ।

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट/क्रेडिट कार्ड बाहक ग्राहकलगायत मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कम्पनीले देशभर रहेका ३०८ वटा शाखा सञ्जाल, ३०९ एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरु मार्फत ग्राहकलाई बैकिंग सेवा प्रदान गर्दै आइरहेको छ ।

3285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका