जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • क्यान र आईएमई पेबीच दुई वर्षको टिकटिङ सम्झौता

क्यान र आईएमई पेबीच दुई वर्षको टिकटिङ सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको रुपमा सम्झौता गरेको छ ।

क्यानले प्रत्येक वर्षको लागि ७५ लाख रुपैयाँ बराबरको सम्झौता गरेको हो ।

क्यानबाट आयोजना हुने प्रत्येक अन्तर्राष्ट्रिय खेलको टिकटबाट आएको १२.५ प्रतिशत रकम आईएमई पेलाई जाने र बाँकी अन्य सबै क्यानले पाउने गरी सम्झौता भएको क्यानका सचिव पारस खड्काले बताए ।

सम्झौतामा नेपाल भरीका क्रिकेट मैदानका १०० जना कर्मचारीलाई आईएमई पेबाट बीमाको सुविधा दिने समेत सचिव खड्काले जानकारी दिए

आईएमई पेबाट टिकट लिएर मैदानमा खेल हेर्न आउने कुनै पनि समर्थक घाइते हुँदा उक्त समर्थकले पनि बीमा सुविधा पाउने छन् ।

‘यस सम्झौतामा मैदानमा भएको घाइते भएको खण्डमा समर्थकहरुले पनि बिमा पोलिसिबाट फाइदा लिन सक्नुहुनेछ’, क्यानका सचिव पारस खड्काले भने ।

नेपालले आगामी वर्ष कम्तीमा पनि महिला र पुरुष दुवैको गरि ३० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने गरि छिट्टै तालिका सार्वजनिक गर्ने पारसले जानकारी दिए ।

3435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका