जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भएका सुरेन्द्र महतो बाहिरिने

माछापुच्छ्रे बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भएका सुरेन्द्र महतो बाहिरिने

माछापुच्छ्रे बैंकका प्रमुख संस्थापक सुरेन्द्र महतोले आफ्नो सम्पूर्ण स्वामित्व बिक्री गर्ने भएका छन्। महतोले बैंकको एक करोड १२ लाख ३२ हजार कित्ता सेयर बिक्रीका लागि निवेदन दिएका हुन्। महतोसँग बैंकको १०.९५ प्रतिशत सेयर छ। जुन विद्यमान संस्थापकहरु मध्येकै सबैभन्दा बढी स्वामित्व हो।

उपेन्द्रसँग बैंकको ९.१४ प्रतिशत होल्डिङ छ। माछापुच्छ्रेको वार्षिक प्रतिवेदन अनुसार बैंकमा महतोसहित पिता राम आशिष साह सुदीको पनि सेयर स्वामित्व छ। महतोका पितासँग बैंकको ४.२४ प्रतिशत हिस्सेदारी छ।

बैंकका पूर्व अध्यक्ष तथा वन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतोसँग बैंकको ०.६० प्रतिशत सेयर छ। उनी उपेन्द्रका भाइ हुन्। संयुक्त रुपमा महतोका बाबुछोरासँग मात्रै १३.९८ प्रतिशत सेयर छ।

3175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका