जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कुमारी बैंकको रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

कुमारी बैंकको रु. ५ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

कुमारी बैंकले आज कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको छ।

कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गरेको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरी बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

कुमारी बैंकको यो ऋणपत्रको निष्कासन बन्द छिटोमा कात्तिक १२ गते र ढिलोमा कात्तिक १६ गते बैंकिङ समयसम्म हुनेछ।

कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

कुमारी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

3210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका