जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • १२ दिनमा मनकामना केबलकार ३३ हजार बढीले चढे, एकै दिन साढे ६ हजारको यात्रा

१२ दिनमा मनकामना केबलकार ३३ हजार बढीले चढे, एकै दिन साढे ६ हजारको यात्रा

दसैंको १२ दिनमा मनकामना केबलकारमा ३३ हजार ३४० जनाले यात्रा गरेका छन्। घटस्थापनादेखि त्रयोदशीसम्म यात्रुको संख्या ह्वात्तै बढेको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बिहीबार एकै दिन ६ हजार ५२२ जनाले मनकामना केबलकारमा यात्रा गरेका छन्।

‘बिहीबार (हिजो) बिहानै ६ बजेदेखि मनकामना मन्दिरमा पुजा गर्न जाने भक्तजनको केबलकार गेटमा लाइन सुरु भएको थियो। हामीले उचित व्यवस्थापन गरेर यात्रा गराउन सफल भयौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले दसैंमा नवमी, दशमी र एकादशीमा केबलकार बन्द गरेका थियौं। अब शनिबार कोजाग्रत पूर्णिमासम्म यात्रुको भिड बढी हुन्छ।’

श्रेष्ठका अनुसार सोह्र श्राद्धमा भारतीय पर्यटकका कारण केबलकारको व्यापार उत्साहजनक रहेको थियो।

‘सोह्रश्राद्धमा नेपालीहरु कम आउने गर्छन्। त्यो बेलामा भारतीयहरुको संख्या राम्रो थियो,’ उनले भने।

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका