जोडिनुहोस
आइतवार, बैशाख ७, २०८२
आइतवार, बैशाख ७, २०८२
  • होमपेज
  • भूकम्पमा आमाबुबा गुमाएका १० बालबालिकालाई एलए ग्रुपले २ करोडको छात्रवृत्ति दिने

भूकम्पमा आमाबुबा गुमाएका १० बालबालिकालाई एलए ग्रुपले २ करोडको छात्रवृत्ति दिने

जाजरकोट भूकम्पमा परी आमाबुबा दुवै गुमाएका बालबालिकालाई एलए (लिटल एन्जेल्स) एजुकेसन ग्रुपले नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ।

ग्रुपका संस्थापक उमेश र विद्या लिम्बुले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले पुर्‍याएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै दुई करोडको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका हुन्।

सो भूकम्पमा आमाबुबा गुमाएका ५ जना छात्र र ५ जना छात्रा गरेर १० जना बालबालिकालाई उच्च माध्यामिक तहसम्म ग्रुप अन्तर्गतका शिक्षा संस्थाबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्ने श्रेष्ठले जानकारी दिए।

शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा हालसम्म १५७ जनाको मृत्यु हुँदा १०० भन्दा बढी घाइते भएका छन्। मृत्यु र घाइतेहरुमा बालबालिकाको संख्या पनि धेरै रहेको छ।

हाल भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको छ।

1640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?