जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कामना सेवा विकास बैंकले हस्तान्तरण गर्‍यो ट्राफिक सचेतना बोर्ड

कामना सेवा विकास बैंकले हस्तान्तरण गर्‍यो ट्राफिक सचेतना बोर्ड

कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ ।

कम्पनीले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको हो ।

बुटवल,भैरहवा सुनौली सडकखण्डका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक बजिर सिंह विष्टले बताए । कम्पनीका सञ्चालक भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषाललगायतका कर्मचारीहरुको उपस्थिति थियो ।

त्यसैगरी, कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत ट्राफिक प्रहरी कार्यालय वालिङलाई पनि ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । स्याङ्गजा जिल्ला, वालिङ क्षेत्रका विभिन्न स्थानहरुमा उक्त बोर्डहरु राखिने छ । कम्पनीका पोखरा क्षेत्रका क्षेत्रीय प्रमुख विष्णु प्रसाद गौतमले उक्त बोर्डहरु ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै कम्पनीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वुटवल हिलपाकस्थित कामना सेवा पार्कमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। स्वच्छ वातावरण र हरियालीलाई संरक्षण गर्ने उद्धेश्यले निर्माण गरिएको उक्त पार्कलाई कामना सेवा विकास बैंकले संरक्षण र प्रबर्द्धन गर्दै आएको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रमसहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको बताएको छ ।

2860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?