जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन बैंकद्वारा भूकम्प पीडितका लागि २१ लाख बराबरको राहत सामग्री सहयोग

हिमालयन बैंकद्वारा भूकम्प पीडितका लागि २१ लाख बराबरको राहत सामग्री सहयोग

हिमालयन बैंक लिमिटेडले भूकम्प पीडितहरुलाई २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरिद गरि सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरुका लागि सो रकम बराबरको राहत सामग्री प्रदान गरेको हो ।

गत कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुममा ठूलो जीउ–धनको क्षति पुर्‍याएको भन्दै कम्पनीले विपद्को समयमा त्यसक्षेत्रका बासिन्दाहरुलाई सहयोग प्रदान गरेको हो ।

कम्पनीले पीडितहरुलाई सहयोग वा राहत होस् भन्ने उद्देश्यले दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट र रुकुम पश्चिमलाई हस्तान्तरण गरेको बताएको छ ।

3685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका