जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु क्यापिटलमा डिम्याट खाता हुनेलाई बनेपाको आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट

प्रभु क्यापिटलमा डिम्याट खाता हुनेलाई बनेपाको आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट

प्रभु क्यापिटलले आफ्ना ग्राहकका लागि विशेष छुटको अफर ल्याएको छ। कम्पनीले आफ्ना हितग्राही ग्राहकलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट दिने अफर ल्याएको हो।

यस सम्बन्धमा प्रभु क्यापिटल र आगन्तुक रिसोर्टबीच आइतबार सम्झौता भएको छ। सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र रिसोर्टका तर्फबाट मार्केटिङ डाइरेक्टर सुरज विष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेकाहरुले आगन्तुक रिसोर्टले दिने सबै सेवामा १५ प्रतिशत छुट पाउने छन्। छुट अफर अबको एक वर्ष अर्थात २०८१ मंसीर २३ सम्म लागू हुनेछ।

छुट सुविधाका लागि प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो आईडी कार्ड देखाउनु पर्नेछ। त्यसका आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ।

काभ्रेको बनेपा नगरपालिका, भ्यू टावर मार्गमा रहेको आगन्तुक रिसोर्ट ७२ रोपनीमा फैलिएको छ।

3475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका