नेको इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा रमेशकुमार निरौला चयन भएका छन् । कम्पनीको २८ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालकहरु निर्वाचित गरेसँगै निरौला अध्यक्ष चयन भएका हुन् । निरौला यसअघि पनि कम्पनीको अध्यक्ष भइसकेका थिए ।
कम्पनीमा संस्थापक सेयरधनिको तर्फबाट २ जना र सर्वसाधारण सेयर धनिको तर्फबाट ३ जना गरी ५ जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापकबाट निरौलाका साथै प्रताप सुवेदी सञ्चालक बनेका छन् । साधारण सेयरधनिको तर्फबाट भरतकुमार अधिकारी, भानुभक्त पोखरेल र निलिमा श्रेष्ठ चुनिएका छन् ।
साधारण सभाले कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।