जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यूनिभर्सल पावर कम्पनीको नाफा ४६ प्रतिशत कम

यूनिभर्सल पावर कम्पनीको नाफा ४६ प्रतिशत कम

युनिभर्सल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण फागुन १४ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष कम्पनीको खुद नाफा ४६ प्रतिशत कम भएको छ । गत वर्ष रू. ३ करोड २ लाख ८० हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ६३ लाख ३९ हजार यो नाफा गरेको हो ।

कम्पनीको आम्दानी पनि यो वर्ष सोही अनुपातमा घटेको छ । हालसम्म विद्युत उत्पादन सुरु नगरेको यस कम्पनीको अन्य शिर्षकमा यस वर्ष रू. २ करोड ४२ लाख ९७ हजार आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष रू. ४ करोड ५० लाख २४ हजार थियो । आम्दानी कम भएको कम्पनीको खर्च पनि यो वर्ष ४६ प्रतिशतनै कम भएको छ । गत वर्ष रू. ४६ लाख ५० हजार खर्च गरेको कम्पनीले यस वर्ष रू. २५ लाख १० हजार मात्र खर्च गरेको हो ।

कम्पनीले दोलखा जिल्लामा निर्माण गरिरहेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनको ९८ प्रतिशत काम सम्पन्न भैसकेको विवरणमा उल्लेख गरेको छ । यस कम्पनीले २४ दशमलव २२ मेगावाट क्षमताको इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन पनि गरिरहेको छ भने ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता समेत गरिसकेको जानकारी दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड ३ लाख ५० हजार छ । दोस्रो त्रैमाससम्म कम्पनीको सञ्चित नाफा अर्थात जगेडा कोष रकम रू. ११ करोड ७८ लाख ५२ हजार रहेको छ । गत वर्ष यस अवधिसम्म यो रकम रू. ७ करोड ४७ लाख ३२ हजार थियो । सञ्चित मुनाफा गत वर्षभन्दा यस वर्ष ५७ दशमलव ६९ प्रतिशत बढी कायम भएको हो । कम्पनीले दिर्घकालका लागि बैंक बाट लिएको ऋण रकम यस अवधिसम्म रू. १ अर्ब २९ करोड ८५ लाख ९८ हजार छ ।

गत वर्षभन्दा यस वर्ष ऋण रकम १३ दशमलव ८६ प्रतिशत बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले दिर्घकालको लागि रू. १ अर्ब १४ करोड ४ लाख ७९ हजार कर्जा लिएको थियो ।

3970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका