जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बीमा पोलिसि खरिद गरेर वैवाहिक जीवनको सुरुवात

बीमा पोलिसि खरिद गरेर वैवाहिक जीवनको सुरुवात

अनावश्यक खर्चहरुलाइ घटाइ जन्म दिन, बैवाहिक दिन, विभिन्न उत्सवहरुमा बीमा पोलिसि खरिद गर्ने र उपाहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समय बढदै गएको छ । यसैक्रममा ललितपुर १४ विसालचोक निवासी विशाल हाङखिम राई र  भोजपुर निवासी एमिका राइले बीमा पोलिसी खरिद गरेर वैवाहिक जीवनको सुरुवात गरेका छन्  । 

उनीहरुले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बाट रु ५० लाख प्राणघातक रोग विरुद्ध रक्षावरण सुविधा सहितको समृद्द जीवन बीमा योजना लिएका हुन । बीमा पोलिसि खरिद गर्ने राइ दम्पतिलाइ बैवाहिक जीवनको सफलताको शुभकामना सहित पाटन शाखाले स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर विजय कुमार राई, एजेन्सी म्यानेजर राजेन्द्र श्रेष्ठ सहित शाखामा कार्यरत अभिकर्ताहरुको  उपस्थिति रहेको कम्पनीले जनाएको छ।

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?