जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आईएमई बैंकका १११ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आईएमई बैंकका १११ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आईएमई बैंक लिमिटेडले देशभरिका १११ वटा शाखा कार्यालय मार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरुको पहिचान गरी साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकले ग्लोबल मनि विक-२०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रममा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

2995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?