जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पर्यटन प्रवर्धनमा सहयोग गर्दै सिद्धार्थ बैंक, नयाँ वर्षको क्यालेन्डरमा ७ प्रदेशका १२ गन्तव्य समावेश

पर्यटन प्रवर्धनमा सहयोग गर्दै सिद्धार्थ बैंक, नयाँ वर्षको क्यालेन्डरमा ७ प्रदेशका १२ गन्तव्य समावेश

सिद्धार्थ बैंकले पर्यटन प्रवर्धनमा सहयोग पुर्‍याउने उद्देष्यसहित २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले देशका कम परिचित पर्यटकीय गन्तव्यलाई क्यालेन्डरको मुख्य विषयवस्तु बनाएको छ।

विभिन्न सात प्रदेशका विभिन्न १२ वटा गन्तव्यको प्रवर्धनमा सघाउ पुगोस् भन्ने हेतुले क्यालेन्डर स्थान दिएको जनाएको छ।

क्यालेन्डरमा सोलुखुम्बुमा अवस्थित दुधकुण्ड, पर्साको घडिअर्वा पोखरी, दोलखाका अवस्थित सैलुङ र छोरोल्पा, सिन्धुपाल्चोकमा अवस्थित पाँच पोखरी, लम्जुङको भुजुङ गाउँ, मनाङस्थित नार फु उपत्यका, पूर्वी रुकुमको टकसेरा गाउँ, सल्यानस्थित कुपिन्डे ताल, अपर डोल्पा, बाजुराको बडिमालिका र कन्चनपुरस्थि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रुपमा समावेश गरिएको छ।

3850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका