जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेबोनले बैंकको मुद्दतीमा लगानी गर्ने

सेबोनले बैंकको मुद्दतीमा लगानी गर्ने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेर ब्याज आर्जन गर्ने भएको छ । सेबोनले शुक्रबार सूचना प्रकाशन गरी बोर्डमा रहेको लगानी योग्य रकमलाई वाणिज्य बैंकहरुको मुद्दती खातामा लगानी गरेर ब्याज आम्दानी गर्ने जनाएको हो ।

बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्ने सेबोनले जनाएको छ । आफूले दिन सक्ने एक वर्षे ब्याजदर सहित इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकले अबको ५ दिन अर्थात् मंसिर २७ गतेभित्र आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्न सेबानले आग्रह गरेको छ ।

प्राप्त सिलबन्दी प्रस्तावहरु पेश गर्ने अन्तिम दिनको अपरान्ह ४ः१५ बजे बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिने जनाएको छ । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहने सेबोनले बताएको छ । वाणिज्य बैंकहरुले संस्थागत मुद्दती खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् ।

1850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका