जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शाखा स्थानान्तरण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शाखा स्थानान्तरण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा.वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई का.जि.का.म.न.पा वडा नं. ३, स्थित महाराजगञ्ज, काठमाडौँमा स्थानान्तरण गरिएको छ ।

आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष बृद्धि गरि लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गर्नु परेको व्यहोराको जानकारी कम्पनीले गराएको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफनो शाखाहरु थप्दै लैजाने उद्देश्यले अगाडी बढेको जानकारी गराएको छ । साथै, आजैबाट स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट ग्राहकमहानुभावहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने जनाइएको छ ।

3425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका