जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा बेनी अस्पताल म्याग्दीलाई वाटर फिल्टर सहयोग प्रदान

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित बेनी अस्पताललाई आरओ वाटर फिल्टर सहयोग प्रदान गरेको छ । बैंकले बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमकाबीच अस्पताललाई वाटर फिल्टर हस्तान्तरण गरेको हो । 

अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरुलाई कठिनाईका साथ–साथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवाप्रवाहमा असहजता भएको हुदाँ अस्पतालको सेवाप्रवाहमा केही हदसम्म सहजता होस भन्ने हेतुले बैंकले अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको जनाएको छ । 

बैंकको यस कार्यबाट सेवाग्राहिहरुलाई अस्पातालमा सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमि आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आईरहेको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । 

2755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका