सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ ।
बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन डलर रकम सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्नेदेखि निवर्तमान मुख्यसचिव बैकुण्ठ अर्याललाई राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको पदमा सरुवा गर्ने निर्णय गरेको छ ।