जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल 

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल 

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले सो कार्यका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

सो सम्बन्धि सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र एनआईसी एशिया क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्‍याउन ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद शेयर  निष्कासन गर्ने छ ।

2195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका