जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन लाइफको व्यतित बीमालेखको ब्याज र जरीवानामा शत प्रतिशत छूट 

हिमालयन लाइफको व्यतित बीमालेखको ब्याज र जरीवानामा शत प्रतिशत छूट 

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्व शुल्कको ब्याज र जरीवानामा छूट गर्ने भएको छ ।

साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एकापसमा गाभिएर बनेको बीमक गाभिई बनेको बीमक हिमालयन लाइफले साविकका कम्पनीबाट विभिन्न मितिमा बीमा गराएर व्यतित भएका बीमालेखहरुमा भदौ २४ गतेदेखि ३१ गतेसम्ममा नवीकरण तथा पुनर्जागरण गर्दा छूट प्रदान गर्न लागेको हो ।

कम्पनीले प्रकाशित गरेको सूचना अनुसार तीन वर्षसम्मको व्यतित बीमा लेखको ब्याज तथा जरिवानामा शतप्रतिशत छूट छ भने तीन वर्ष माथिदेखि ५ वर्षसम्मको बीमालेखमा ब्याज तथा जरीवानामा ५० प्रतिशत छूट छ ।

त्यस्तै पाँच वर्षमाथिदेखि सात वर्षसम्मको बीमालेखको ब्याज तथा जरीवानामा २५ प्रतिशत छूट छ । यसैगरी,सात वर्षदेखि १२ वर्षसम्मको बीमालेखको ब्याज तथा जरीवानामा १० प्रतिशत छूट छ । त्यस्तै १२ वर्षभन्दा माथिको बीमालेखको ब्याज तथा जरीवानामा भने कुनै छूट सुविधा नभएको कम्पनीले बताएको छ ।

व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छूट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने पनि कम्पनीले बताएको छ ।

3110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका