जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंक बन्यो नास आइटीको दिगो साझेदार, सम्झौतामा हस्ताक्षर

ग्लोबल आइएमई बैंक बन्यो नास आइटीको दिगो साझेदार, सम्झौतामा हस्ताक्षर

नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस् कम्पनीज् (नास आइटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ। बिहीबार एक सम्झौतापत्रमा हस्ताक्षरपछि नासले बैंकलाई साझेदार घोषणा गरेको हो।

सम्झौतासँगै बैंक नास आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो साझेदार पनि बनेको छ। साझेदारीले आइटी उद्योगलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

साझेदारी अनुसार बैंकले नास आईटीका सदस्य कम्पनीद्वारा विकसित प्रोडक्ट र सफ्टवेयरको पहुँच प्राप्त गर्ने छ। यस्तै डिजिटल बैंकिङ र अन्य प्राविधिक सल्लाह पनि प्राप्त गर्ने छ।

नास आईटीले साझेदारी र अनुसन्धानका लागि स्टार्टअपलगायतलाई प्रवर्द्धन गर्न दिगो कोष सुरू गरेको हो।

3200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्