जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटिजन लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

सिटिजन लाइफद्वारा घातक रोग बीमा दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितलाई घातक रोग देखिएपछि अस्पतालमै पुगेर उपचार निम्ति बीमा दाबी भुक्तानी गरेको छ । त्रिपुरेश्वर शाखा प्रवन्धक दिपक पोखरेल सहितको टोलिले त्रि.वि. शिक्षण अस्पताल, महाराजगंजमा पुगी रु २ लाख ४२ हजार एक सय पाँच रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो ।

रामेछाप दोरम्बा घर भई हाल कागेश्वरी मनोहरा ९, काठमाडौंमा स्थायी बसोवास गर्ने कुनमाया श्रेष्ठ लाई घातक रोग अन्तर्गतको उपचार खर्च उपलब्ध गराइएको हो । उनले २ वर्ष अघी एजेन्सी रेशमलाल श्रेष्ठ मार्फत बीमा गराएको थिइन ।
कार्यक्रमा कम्पनीका सि.एजेन्सी म्योनेजर गिता रायमाझी तथा एजेन्सी म्यानेजर हिरा कुमारी योञ्जन , शर्मिला टण्डन लगायतको उपस्थिती रहेको थियो । श्रेष्ठले आफु उपचाररत रहेको बेला बेडमै ल्याएर उपचार खर्च उपलब्ध गराएकोमा खुसी ब्यक्त गर्दै धन्यवाद दिइन ।

2220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्