जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • साउन लागेसँगै घट्न थाल्यो निक्षेप, दुई दिनमै २९ अर्बको गिरावट

साउन लागेसँगै घट्न थाल्यो निक्षेप, दुई दिनमै २९ अर्बको गिरावट

चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिना लागेसँगै बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनको १ र २ गते मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप २९ अर्ब रुपैयाँले घटेको छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ६४ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप थियो । साउन १ गते त्यो १८ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको थियो । साउन २ गते थप ११ अर्ब रुपैयाँले घटेर त्यो ६४ खर्ब ६४ अर्बमा सिमित भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा भएको निक्षेप मात्रै २६ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा २० वाणिज्य बैंकमा ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप थियो । त्यो साउन १ गते ५७ खर्ब ३९ अर्ब र साउन २ गते ५७ खर्ब २९ अर्ब रुपैयाँमा सिमित भएको छ ।

अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप भने दुई दिनमा तीन अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा अन्य बैंक तथा वित्तिय संस्थामा सात खर्ब ३८ अर्ब निक्षेप थियो । त्यो साउन १ गते सात खर्ब ३६ अर्ब रुपैयाँ र साउन २ गते सात खर्ब ३५ अर्ब रुपैयाँमा सिमित भएको देखिन्छ ।

दुई दिनमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह २५ अर्ब रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५१ खर्ब ६९ अर्ब थियो । त्यो साउन १ गते ५१ खर्ब ५२ अर्ब र साउन २ गते ५१ खर्ब ४४ अर्बमा सिमित भएको छ ।

त्यसमा वाणिज्य बैंकको मात्रै २२ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तसम्म वाणिज्य बैंकले कुल ४५ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेका थिए । त्यो साउन १ गते ४५ खर्ब ५६ अर्ब र साउन २ गते ४५ खर्ब ४९ अर्ब रुपियाँमा सिमित भएको छ ।

555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका