जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • दसैंको सुरसार : बैंकहरुबाट सोह्रश्राद्धकै बीचमा नयाँ नोट, एक जनालाई १८ हजार ५ सय

दसैंको सुरसार : बैंकहरुबाट सोह्रश्राद्धकै बीचमा नयाँ नोट, एक जनालाई १८ हजार ५ सय

दसैंतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोह्रश्राद्धबाटै नयाँ नोट सटही सुरु गर्ने भएको छ।

राष्ट्र बैंकले आफ्नो मातहतका बैंक तथा वित्तीय संस्थाबाट सुरुमा नयाँ नोट सटही सुरु गर्ने छ। त्यसपछि आफ्नो केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट नोट सटही सुरु गर्ने भएको छ।

सर्वसाधारणको लामो लाइन नलागोस्, सहजै नोट साट्न पाउन् भनेर राष्ट्र बैंकले प्रत्येक बैंक तथा वित्तीय संस्थाका शाखाहरुलाई नयाँ नोट उपलब्ध गराउने छ।

उनीहरुले आफ्नो खाता भएका ग्राहकलाई नयाँ नोट सटही सुविधा दिने छन्। त्यसपछि राष्ट्र बैंकले घटस्थापनाको केही दिन अघिबाट आफैंले सटही सुरु गर्ने छ।

राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ।

पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउने छ। एउटा प्याकेटमा सय वटा नोट हुन्छन्। यसको कुल मूल्य १८ हजार ५०० रुपैयाँ हुन्छ।

4580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्