जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनआइएमबी बैंक र पारामाउन्ट मोटर्सबीच सम्झौता, इभी किन्न सहजै ऋण दिने

एनआइएमबी बैंक र पारामाउन्ट मोटर्सबीच सम्झौता, इभी किन्न सहजै ऋण दिने

एनआइएमबी बैंकले एमजीका इभी किन्न सहजै ऋण दिने भएको छ। यस सम्बन्धमा बैंक र नेपालका लागि एमजी मोटर्सको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सबीच सम्झौता भएको छ। एमजी जेडएस, एमजी ४ र एमजी कमेट इभी खरिद गर्न इच्छुक ग्राहकलाई आफ्ना कुनै पनि शाखाबाट सहजै ऋण उपलब्ध गराउने बैंकले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ। बैंकले एमजी मोटर्सका इभी किन्न चाहनेलाई ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउनेछ।

आधार दरमा प्रति वर्ष १ प्रतिशत प्रिमियम जोडेर ऋण दिने बैंकले जनाएको छ। ऋणको निवेदन तीन कार्य दिनभित्र स्वीकृत गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

2870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका