जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सिटिजन लाइफको नाफा २१६.५६% ले बढ्यो

सिटिजन लाइफको नाफा २१६.५६% ले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमाससम्ममा ३२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २१६.५६ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६.५६ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ५ अर्ब ४८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

 समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ९६ करोड रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १ करोड ७३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ८ करोड ६९ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी भने ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १३.४५ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ अर्ब ७ करोड रुपैयाँ थियो।

कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब २१ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ६ अर्ब ५५ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १६ करोड ९७ लाख रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङ कोषमा ६३ करोड २४ लाख रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.३३ रुपैयाँ रहेको ईपीएस बढेर ८.२५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १७६.९६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५५७.६६ रुपैयाँ र पीई अनुपात ६६.०३ गुणा कायम भएको छ । 

290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका