जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • आरती पावरले आइपीओ निष्कासन गर्ने

आरती पावरले आइपीओ निष्कासन गर्ने

आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ दरको ३६ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।

जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

बिहिबार आरती पावर कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खुर्सानीटार, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

विसं २०७२ सालको रुपमा दर्ता भई विसंं २०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका