जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुरु

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज असार २९ गते शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेको छ । मर्जर सम्बन्धी सम्पुर्ण काम सकाएर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट एकीकृत कारोबार थालेको हो ।

दुबै कम्पनीले जेठ २६ गते अलग/अलग स्थानमा सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको थियो । दुबै कम्पनीको चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्ने गरी मर्ज भएका हुन ।

मर्जर पश्चात प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि कम्पनीले १० करोड बराबरको प्रिमियम मूल्यमा एफपिओ निष्काशन गर्ने तयारी गरेको छ ।

एकिकृत कारोबार प्रयोजनको लागि दुबै कम्पनीको सम्पुर्ण हर हिसाब तथा तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा क्लोजिङ्ग प्रयोजनको लागि असार २९ गते शुक्रबार देखि ३१ गतेसम्म कम्पनीको सम्पुर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहेने जनाएको छ ।

मर्जर प्रयोजनको लागि नेप्सेले साविक प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार समेत रोक्का गरेको छ । मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी इन्स्योरेन्सको अध्यक्षमा सुभास अमात्य र प्रमुख कार्याकारी अधिकृतमा रमेश कुमार भट्टराई रहेका छन् ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका