जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा सहभागी

महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा सहभागी

आज भदौ ११ गते देखी भदौ १६ गते सम्म काठमाडौं भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको हो ।

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. E33 मा गई सम्पर्क गर्न सक्नेछन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

1395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?