जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपबाटै बिनाधितो पाँच लाखसम्म ऋण दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपबाटै बिनाधितो पाँच लाखसम्म ऋण दिने

 नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङबाटै ऋण दिने अफर ल्याएको छ। बैंकले एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआइएमबी स्मार्टलोनको सुविधा सुरु गरिएको जनाएको छ।

यो सुविधामार्फत बैंकका योग्य ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको ऋण एनआइएमबी स्मार्ट एममार्फत बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन्।

बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्‍न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरू समेत प्रदान गरेको बताएको छ। यसमा ग्राहकहरूले १ महिना भित्र वा बढीमा ३६ महिना सम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन्।

साथै, आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूका लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ।

बैकका अनुसार ग्राहकहरूले आफ्नो एनआइएमबी स्मार्ट एपमार्फत इमेल भेरिभिकेसन गरी सजिलै एनआइएमबी स्मार्टलोनमा रजिस्टर गर्न सक्नेछन्। एनआइएमबी स्मार्टलोनका लागि योग्य हुन तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण लगायत बैंकले तोकेका विभिन्‍न मापदण्डहरू पूरा गर्नु पर्नेछ।

योग्य ग्राहकहरूले आफ्नो एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआइएमबी स्मार्टलोन अप्लाई गरी कर्जाका सबै सुविधाहरू र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

ग्राहकहरूलाई उनीहरूको आवश्यकताहरू पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्ममार्फत बैंकिङ क्षेत्रकै उच्चतम कर्जा रकमका साथ नयाँ स्वरुपमा एनआइएमबी स्मार्टलोन अपग्रेड गरिएको बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले जानकारी दिए।

145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?