चेक अनादर(बाउन्स) मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलको क्रममा सांसदहरु बीच सर्वसम्मत रूपमा सहमति भएर पारित भएको छ ।
संशोधन विधेयकमा सांसदहरु बीच सहमति भएसँगै अब चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ ।
१५ लाखसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताएका छन् । सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने उनले सुनाए ।