जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा ३५% सम्मको छुट अफर

एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा ३५% सम्मको छुट अफर

एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलको विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । 

नजिकिदै गरेको दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिजा डेबिट कार्ड तथा भिजा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।  उक्त छुट प्रदान गर्ने विषयमा एनआईसी एशिया बैंक र उक्त होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार भिजा डेबिट कार्ड/भिजा क्रेडिट कार्ड र र प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई,खाना तथा पेय पदार्थमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

यस्तै स्पा सेवामा भिजा डेबिट कार्ड मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भजिा क्रेडिट  कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै,आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भजिा क्रडिट कार्ड तथा मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्न सक्नेछन् ।उक्त छुट अफर मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । रुम अपग्रेडको सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्ने छ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने छ । यो छुट होटलको वेबसाइटमा उपलब्धभएको दरमा प्राप्त हुनेछ ।  

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका