जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको स्मार्ट हब संचालनमा, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने

सिटिजन्स बैंकको स्मार्ट हब संचालनमा, डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्पोरेट कार्यालयको प्राँगणमा ‘स्मार्ट हब’ सेवा संचालनमा ल्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सो हबको आज उद्घाटन गरेका हुन्। सो अवसरमा पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्न, नगद जम्मा गर्न र आवश्यक परेको नगद मेसिन बाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरु लाभान्वित हुने बताए।

हाललाई कर्पोरेट कार्यालयबाट सुरु गरिएको यो सेवा छिट्टै अन्य स्थानहरुबाट समेत संचालन गर्ने योजना रहेको उनले बताएका छन्। स्मार्ट हबमा राखिएका मेसिनहरु जस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरुले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ। यस्तै, क्यास डिपोजिट मेसिनबाट १ हजार र ५०० रुपैयाँ दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा पनि रहेको छ।

बैंकले डिजिटल बैंकिङ सेवा सिटिजन्स सधैँ प्राथमिकता रहेको बताउँदै यसैको निरन्तरता स्वरुप बैंकले आश्विन महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव पनि संचालन गर्ने भएको छ। सो उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरु घोषणा गरिएको छ।

अफरमा मोबाइल बैंकिङ प्रयोग गरि हवाई टिकट खरिद गर्ने यात्रुलाई ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुने, दशैंमा बैंकको मोबाइल बैंकिङ प्रयोग गरि डिजिटल दक्षिणा दिँदा सो कारोबारमा १०० रुपैयँसम्म क्यासब्याक प्राप्त हुने जनाइएको छ।

यसका साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुने भनिएको छ। ‘दशैंमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर पनि उपलब्ध गराइनेछ।‍

यस्तै, ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङ मार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुने लगायत अन्य आकर्षक अफरहरु घोषणा गरिएको छ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका