जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • प्रभू बैंकले दोश्रो पटक ल्यायो स्वेच्छिक अवकाश योजना, २० महिनाको तलब प्रस्ताव

प्रभू बैंकले दोश्रो पटक ल्यायो स्वेच्छिक अवकाश योजना, २० महिनाको तलब प्रस्ताव

प्रभू बैंकले पुनः स्वेच्छिक अवकाश योजना सार्वजनिक ल्याएको छ। बैंकका अनुसार गत भदाै २७ गतेबाट खुल्ला गरिएको स्वेच्छिक अवकाश योजनामा सहभागि हुन इच्छुक कर्मचारीले असोज ११ गते भित्र आवेदन दिन सक्नेछन्।

यस योजना अन्तर्गत ५ वर्षभन्दा बढी सेवा अवधि पुरा गरेका सहायक प्रबन्धक र सो भन्दा माथिल्लो तहका कर्मचारीका लागि २० महिनाको कुल तलब प्रस्ताव गरिएको छ। यसैगरी ५ वर्षभन्दा कम सेवा अवधि पुरा गरेका सहायक प्रबन्धक वा सोभन्दा माथिल्लो तहका कर्मचारीका लागि १५ महिनाको कुल तलब प्रस्ताव गरिएको छ। बैंकले अवकाश पत्र स्वीकृत भएको १५ दिनभित्रै कर्मचारीको बैंक खातामा अवकाश सुविधावापतको रकम जम्मा गरिदिनेछ ।यसअघि २०८० साउन महिनामा ल्याइएको स्वेच्छिक अवकाश योजनामा अधिकृत तह र सोभन्दा माथिल्लो तहका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना लागू गरिएको थियो । यो योजनामा ५ वर्ष सेवा अवधि पुरा गरेकालाइ २५ महिना र ५ वर्षभन्दा कम तीन वर्षसम्म सेवा अवधि पुरा भएका कर्मचारीका लागि २० महिनाको तलब प्रस्ताव गरिएको थियो । पहिलो चरणको योजनामा व्यवस्थापन तहका १४ जना सहित कुल १४८ जना कर्मचारीले स्वेच्छिक अवकाश रोजेका थिए।

सेन्चुरी कमर्शियल बैंकसँग मर्जरपछि ३ हजार ४८१ कर्मचारी संख्या पुगेको यो बैंकको उच्च व्यवस्थापन तहका लागि अधिक जनशक्ति टाउको दुःखाइको विषय बन्दै आएको छ। सेन्चुरी कर्मशियल बै‌ंकका करिब ९९५ कर्मचारीलाई बै‌ंकले समायोजन गरेको थियो । उच्च व्यवस्थापनले कर्मचारी संख्या २ हजार ४ सय हाराहारीमा झार्ने लक्ष्य राखेको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका