जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • २१ दिन भित्रै ब्रोकरहरुलाई शाखा विस्तारको अनुमति दिने सेबोन अध्यक्ष हमालको घोषणा

२१ दिन भित्रै ब्रोकरहरुलाई शाखा विस्तारको अनुमति दिने सेबोन अध्यक्ष हमालको घोषणा

ब्रोकर कम्पनीहरुलाई २१ दिनभित्रै स्वीकृति दिने नियामक धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले घोषणा गरेका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २८औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष हमाललेब्रोकरहरुले शाखा विस्तारका लागि निवेदन दिएको २१ दिन भित्रै अनुमति दिने नदिने घोषणा गरिसक्ने पनि बताएका छन्

ब्रोकर कम्पनीहरुलाई २१ दिनभित्रै स्वीकृति दिने नियामक धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले घोषणा गरेका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २८औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष हमाललेब्रोकरहरुले शाखा विस्तारका लागि निवेदन दिएको २१ दिन भित्रै अनुमति दिने नदिने घोषणा गरिसक्ने पनि बताएका छन्।

म अध्यक्ष भएर बोर्डमा आएदेखिनै मेरो प्लानिङमा यही कुरा थियो। तर अहिलेसम्म भइसकेको छैन। बोर्डले शाखा विस्तारका लागि अप्रुभल दिने काममा धेरै ढिलो हुने गरेको छ। त्यसैले नयाँ व्यवस्था ल्याउन लागेका हौं,’ बोर्डका अध्यक्ष हमालले भने, ‘ब्रोकरको शाखा विस्तरका लागि २१ दिन भित्र अप्रुवल दिने व्यवस्था गर्छौं। हामी यस व्यवस्थालाई प्रभावकारी बनाउन जतिसक्दो छिटो काम गर्छौं।’

साधारण सभामा नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुको शाखा विस्तारमा थप सहज गर्ने बताएको छ। बोर्डका अध्यक्ष रमेशकुमार हमालले ब्रोकर एसोसिएसन अफ नेपालको वार्षिक साधारण सभामा बोल्दै शाखा विस्तारका लागि लामो समय पर्खेर बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था परिमार्जन गर्न लागिएको बताएका हुन्।

बोर्डले पर्याप्त कर्मचारी नहुँदा बेलैमा शाखाको निरीक्षण गर्न नसकेको बताउँदै आएको छ। यो व्यवस्था लागु भए शाखा विस्तारकै लागि भनेर महिनौं बोर्डमा धाउनुपर्ने बाध्यता हट्ने ब्रोकरहरुको भनाइ छ।

1195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका