जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • वार्षिकोत्सव र चाडपर्व लक्षित माछापुच्छ्रे बैंकको ‘अफरै अफरहरु’, ५०% सम्म छुट

वार्षिकोत्सव र चाडपर्व लक्षित माछापुच्छ्रे बैंकको ‘अफरै अफरहरु’, ५०% सम्म छुट

माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेका महत्त्वपूर्ण चाडपर्वलाई लक्षित गर्दै डिजिटल सेवाहरुमा ‘अफरै अफरहरु’ संचालनमा ल्याएको छ । असोज १७ गतेबाट यो बैंक २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दैछ ।

बैंकले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरु ल्याएको छ । जसको फाइदा ग्राहकहरुले बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्ने बताइएको छ ।

बैंकले असोज १ देखि ३० गतेसम्मको अवधिका लागि यो छुट योजना ल्याएको हो । जस अन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा सतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा सतप्रतिशत छुट प्रदान गर्ने बताइएको छ ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट २ हजार ४ सय रुपैयाँमा प्रदान गर्नेछ । साथै बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ ।

यसै क्रममा बैंकको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै बैंकले असोज १ देखि १८ गतेसम्मको लागि डिजिटल कारोवारको प्रोत्सहान र प्रवर्द्धनको लागि बैंकको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकहरुको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने र सही उत्तर दिने सहभागीहरुमध्ये भाग्यशाली विजेताले आकर्षक उपहार पाउनेछन् ।

साथै यस अभियान अवधिभर बैंकबाट जारी डिजिटल माध्यमहरुबाट कारोबार गर्ने ग्राहकहरु र डिजिटल भुक्तानी लिने मर्चेन्टहरुका लागि बैंकले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजित विविध उपहारहरु जस्तैः टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरु प्रदान गर्नेछ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका