जोडिनुहोस
सोमवार, मंसिर २३, २०८२
सोमवार, मंसिर २३, २०८२
  • होमपेज
  • सिन्धु विकास बैंकद्वारा सीईओ पदका लागि दरखास्त आह्वान

सिन्धु विकास बैंकद्वारा सीईओ पदका लागि दरखास्त आह्वान

सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)  पदको पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकमा सीईओ पदको पदपूर्तीको लागि इच्छुक आवेदन कर्ताहरुबाट आवेदन माग भएकोमा पर्याप्त आवेदन नपरेकाले दोस्रोपटक दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ ।  

सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । अथवा चार्टर्ड एकाउण्टेन्सी वाव्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

यस्तै ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थामा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ३ बर्ष काम गरेको वा ‘ख’ बर्गको राष्ट्रिय स्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ५ बर्ष काम गरेको वा खू बर्गको जिल्ला÷प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ७ बर्ष काम गरेको हुनुपर्ने छ ।

2240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका