जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १७ औ वार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालयसहित देशका प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले असोज ११ गते शुक्रबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ३९२ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाकोलागि अत्यावश्यक  रगत संकलन गर्ने कार्यक्रम आयोजन गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखे ।

आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दैजाने प्रतिबद्घता समेत कार्यकारी अधिकृत मानन्धरले व्यक्त गरे ।

2360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?