जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • आजबाट दसैंका लागि नोट सटही सुरु

आजबाट दसैंका लागि नोट सटही सुरु

 नेपाल राष्ट्र बैंकले आजबाट दसैंका लागि साना नोटहरुको सटही सुविधा उपलब्ध गराउन थालेको छ।

पहिलो पटक दसैंमा राष्ट्र बैंकले नयाँ नोट नभइ एकाध पटक प्रयोग भइसकेका ‘सुकिला’ नोटहरुको सटही गरिदिने छ। 

पछिल्ला केही वर्षदेखि ठूलो मात्रामा नोट साटिने र त्यो मैलो भएर राष्ट्र बैंक नै फर्किँदा राख्ने ठाउँको अभाव हुँदै गएको छ। आम सर्वसाधारण भौतिक नोटभन्दा पनि डिजिटल कारोबारमा अभ्यस्त हुँदै गएका छन्।

त्यसैको फाइदा उठाउँदै राष्ट्र बैंकले भण्डार गर्न असहज भइरहेका बेला सुकिलो नोटबाटै दसैं मनाउने योजना अगाडि सारेको हो।

सुकिला नोट असोज २२ गतेसम्म सटही गरिने छ। नोट सटहीको सेवा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र देशभरका विभिन्न कार्यालयहरूबाट प्रदान गरिनेछ।

राष्ट्र बैंकको विराटनगर, जनकपुर, वीरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, र धनगढीका कार्यालयहरू छन्। 

यस बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूले पनि नोट सटहीको सुविधा उपलब्ध गराउनेछन्। ग्राहकहरूले आफ्नो खाता रहेको बैंकमा वा नजिकको वित्तीय संस्थामा गई सहज रूपमा सुकिला नोट सटही गर्न सक्नेछन्।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?