जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता

कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता

कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच ग्राहक महानुभावहरुलाई सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरुको सरल तरिकाले लघु बीमा गराउन सक्नेछन् ।

लघु बीमा विशेष गरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक सुरक्षाको लागि र अनिश्चित परिस्थितिहरुबाट जोगिनका लागि हो । लघु बीमाले ग्राहकहरुलाई आर्थिक घाटाको सामाना गर्न र कुनै कारणबस् भएको क्षतीलाई पूनः प्राप्ति गर्न मद्दत दिलाउँछ ।

नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमाका साथ सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै, नेपालमा अग्रणी भुमिका खेल्दै गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो सालबाट आफ्नो कारोबार सुरु गरेको हो । हाल यस इन्स्योरेन्सले ३१ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरु बाट सेवा दिदैआएको छ ।

त्यस्तैगरि विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

2485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका