जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

सन नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण

सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । सखुवा प्रसौनी गाउँपालिका पर्सा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको आतिथ्यतामा श्री नेरा आधारभुत विद्यालय सिद्वपुर, सखुवा प्रसौनी गाउँपालिका पर्सामा साना विद्यार्थीहरूलाइ ६४ थान शैक्षिक सामाग्री तथा विद्यालयलाइ ७ थान सिलिगं पंखा वितरण गरेको हो ।

उक्त सामान कम्पनीका प्रदेश प्रमुख नबराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू लगायत उपस्थित सम्पुर्ण अभिभावक, शिक्षक, कर्मचारी, अभिकर्ता मार्फत विद्यार्थीहरूलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

सो कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, अभिकर्ताहरू, मधेश प्रदेश प्रमुख नबराज चौधरी, बीरगंज शाखा प्रमुख प्रमोद प्रसाद साह तथा कम्पनीमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो आधारभूत विद्यालयमा विद्यार्थीहरूलाइ शैक्षिक सामाग्री तथा विद्यालयलाइ सिलिगं पंखा आवश्यकता रहेको हुदाँ शिक्षणमा सहयोग पुग्ने उद्देश्यका साथ कम्पनीले उक्त सहयोग गरेको छ ।

1910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका